Advertisement

कस्तो हुनेछ ? मकर राशिका निमित्त २०७७ साल | Yearly Prediction of Makar Rashi (Capricorn) | उपाय समेत

कस्तो हुनेछ ? मकर राशिका निमित्त २०७७ साल | Yearly Prediction of Makar Rashi (Capricorn) | उपाय समेत कस्तो हुनेछ ? मकर राशिका निमित्त २०७७ साल || Yearly Prediction of Makar Rashi (Capricorn) || उपाय समेत
यो #मकर_राशि (#Capricorn )का जातकका लागि #नयाँवर्ष_२०७७ कस्तो रहने भनी प्रत्यक्ष (लाइभ) कार्यक्रममा विश्लेषण गरिएको भिडियो हो । यसमा बताइएको विषयवस्तुले मकर राशि भएका जुनसुकै लग्नमा जन्मिएका व्यक्तिहरूउपर प्रभाव पार्ने सम्भावना हुन्छ भने आफ्नो जन्मकुण्डलीमा #मकर_लग्न भएका जातकका लागि पनि यो प्रभावकारी रहनेछ ।
शनिश्चर ग्रहको स्तुति :-
मन्दः कृष्णनीभस्तु पश्चिममुखः सौराष्ट्रकः काश्यपः
स्वामीमाकरकुम्भयोः बुधसितौ मित्रे समश्चाङ्गीरा ।।
स्थानं पश्चिमदिक् प्रजापतियमौ देवौ धनुष्यासनः
षट्त्रिस्थः शुभकृच्छनिरविसुतः कुर्यात्सदा मङ्गलम् ।।
कालो रङ्ग भएका, मकर र कुम्भराशिका मालिक, गोचरमा तेस्रो र छैठौं स्थानमा शुभफल प्रदान गर्ने, बुध र शुक्र मित्र भएका, मङ्गल समभावमा हुने, सौराष्ट्रदेशमा उत्पन्न, प्रजापति र यम अधिदेवता हुने, ग्रहसभामा पश्चिमदिशामा, धनु आसनमा विराजमान काश्यपगोत्र भएका शनिले हामीलाई माङ्गल्य प्रदान गरून् ।।
शनिश्चर ग्रह बक्र हुने अवधि
आद्य र मध्य साढेसाती । वैशाख २५ देखि आश्विन १० सम्म बक्री ।
शनिश्चरको गोचर (विचरण)
२०७७ सालको अधिकांश समय मकर राशिमा रहने छ। श्रावण २१ गतेदेखि मंसिर ०१ गतेसम्म १२ राशिमा शनिको पुनरागमन ।

जगल्लग्नको फल
वर्ष प्रवेश कुण्डलीको तपाईंको एघारौं भावमा जगलग्नको प्रभाव रहेको छ । यसको फल यस प्रकार रहने छ :-
उत्साहपूर्ण समय छ । यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । नयाँनयाँ उद्यम र इलममा संग्लग्न हुनु पर्ने छ । दाजुभाइ र दिदीबहिनीका माझमा खुसीको वातावरण बन्नेछ । प्रतिस्पर्धा वा परीक्षामा सहभागी हुँदा सफलता आर्जन हुनेछ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ ।
शनिश्चर ग्रहको शुभ प्रभाव बढाउनु छ र अशुभ प्रभाव निवारण गर्नु छ भने तलका उपायलाई अवलम्बन गर्दा राम्रो हुन्छ :-
शनि ग्रहको वैदिक र तान्त्रिक शान्तिविधि :-
शनि ग्रहको आराधनाका लागि पूजा लगाउँदा रूद्राभिषेक र हवनको आयोजना गरी मुख्यदेवताको विशेष पूजा, नवग्रह पूजा, तलका मध्ये कुनै मन्त्रको तोकिएको सङ्ख्यामा जापप्रयोग र दानसामाग्री दान गर्ने वैदिक विधान छ :-
मुख्य देवता - भगवान् शिव/मृत्युञ्जय
वैदिक मन्त्र – ॐ शन्नो देवी रभिष्टय आपो भवन्तु पीतये । शंय्योरभिस्रवन्तु नः ।
पौराणिक मन्त्र – ॐ नीलाञ्जन समाभासं रविपुत्रं यमाग्रजम् । छायामार्तण्डसम्भूतं तं नमामि शनैश्चरम् ।।
शनि गायत्री – ॐ भगभवाय विद्महे मृत्युरुपाय धीमहि, तन्नो सौरिः प्रचोदयात् ।
तन्त्रोक्त मन्त्र – ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः ।
लघु बीज मन्त्र - ॐ शं शनैश्चराय नमः ।
शनि ग्रहलाई अर्घ्य दिने मन्त्र – नीलाम्बर नीलवपो किरीटिन् रविनन्दन । छायासुत ! गृहाणार्घ्यं प्रसीद सूर्यजः मम ।
जाप संख्या – २३०००
रत्न – शनिको अशुभ फल निवारण र शुभ फलको बृद्धिका लागि २, ३, ६, ७, १० वा ११ क्यारेटको नीलम रत्न चाँदीको औंठीमा बनाई दाहिने हातको माझको औंलामा धारण गर्ने प्रचलन छ ।
दानसामाग्रीहरू :– फलाम, तिल, मास (कालो दाल), तोरी वा सस्र्यूंको तेल, कालो कपडा, काली गाई, गहत, फलामको भाँडो, छाता, जुत्ता, भैंसी, कस्तूरी, सुन, नरिवल, कालो वा नीलो फूल ।

यस च्यानलका केही महत्त्वपूर्ण भिडियोहरू
वि.सं. २०७७ को वार्षिक राशिफल (उपाय समेत)

मेष राशिको वार्षिक राशिफल (उपाय समेत)

बृष राशिको वार्षिक राशिफल (उपाय समेत)

मिथुन राशिको वार्षिक राशिफल (उपाय समेत)

कर्कट राशिको वार्षिक राशिफल (उपाय समेत)

सिंह राशिको वार्षिक राशिफल (उपाय समेत)

कन्या राशिको वार्षिक राशिफल (उपाय समेत)

तुला राशिको वार्षिक राशिफल (उपाय समेत)

बृश्चिक राशिको वार्षिक राशिफल (उपाय समेत)

धनु राशिको वार्षिक राशिफल (उपाय समेत)

मकर राशिको वार्षिक राशिफल (उपाय समेत)

कुम्भ राशिको वार्षिक राशिफल (उपाय समेत)

मीन राशिको वार्षिक राशिफल (उपाय समेत)

धर्मसंस्कृति,ज्योतिषसाथी,कृष्ण गुरु,कृष्ण कोइराला,कृष्णप्रसाद कोइराला,Dharma Sanskriti,Jyotish Sathi,Krishna Prasad Koirala,Krishna Koirala,Krishna Guru,मकर राशि,२०७७ साल,Yearly Prediction,Makar Rashi,Capricorn,उपाय,मकर लग्न,Makar Lagna,Shani Dev,Shani,Shanishchar,Jupiter,शनैश्चर,शनिश्चर,शनि देव,शनि ग्रह,शनि,

Post a Comment

0 Comments